Sat. Jul 27th, 2024

लाइसेन्सको रि–ट्रायल भदौ २७ देखि खुल्ने

धादिङ –

बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको रि–ट्रायल परीक्षा यही भदौ २७ गतेदेखि खुलाउने भएको छ।

ललितपुरस्थित एकान्तकुनामा भदौ २७ देखि बिहान १०ः३० बजेदेखि सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनामा रि–ट्रायल परीक्षा हुनेछ।

आइतबारदेखि बुधबारसम्म वर्ग (ए ) र (के ) दैनिक दुई सय जनाको रि(ट्रायल हुनेछ भने वर्ग ९बी० को दैनिक एक सय जनाको रिट्रायल हुने कार्यालयले जनाएको छ।

बिहीबार भने वर्ग एफ० को एक सय ५० जना र वर्ग (जी) को एक सय जनाको रि–टायल हुनेछ। कोरोनाका कारण संख्या निर्धारण गरेर रिट्रायल गर्न लागिएको हो।

एक वा दुईपटक ट्रायल असफल भएका तर १८ महिना नकटेका सेवाग्राहीले फारम भरेर शुल्क बुझाएपछि ट्रायल दिन पाउँछन्। शुक्क बुझाएको दिन ट्रायल हुने दिनबारे कार्यालयले जानकारी दिनेछ। प्रायस् २४ घन्टापछि ट्रायल दिन पाइनेछ।

कार्यालयले २०७८ वैशाख १४ मा खित परीक्षा पास तथा वर्थ थपसमेतको ट्रायल परीक्षाका लागि भदौ २० देखि २२ सम्म सम्पर्क कार्यालयमा गर्न भनेको छ भने ट्रायल भने भदौ २३ गतेदेखि हुनेछ।

२०७८ वैशाख १४ गतेभित्र राजश्व तिरेर लिखित बाँकी रहेका नयाँ तथा वर्ग थपका सन्दर्भमा भदौ २० मा सम्पर्क गर्न र लिखलित भदौ २१ र पास भएमा ट्रायल भदौ २५ गते हुनेछ।

भदौ १५ मा बायोमेट्रिक भई राजश्व तिर्न बाँकी रहेकाहरूले भदौ २० मा सम्पर्क गर्न र भदौ २५ मा राजश्व तिर्न पाउँछन् भने भदौ २८ मा लिखित र लिखित पास भए असोज १ गते ट्रायल दिन पाउँछन्।

About The Author

Loading...

अन्य समाचारहरु: