Sat. Jul 27th, 2024

सिद्धलेकमा दिदी समुहबाट बहिनी समुहलाई बाख्रा उपहार प्रदान

धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाका दिदी समुहबाट बहिनी समुहलाई बाख्रा उपहार प्रदान गरिएको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ६ ईर्जु हटियामा बाख्रा उपहार प्रदान कार्यक्रम गरिएको हो। प्रयत्नशील सामुदायिक विकास समाज ९प्रयास० नेपाल धादिङ, बोहार फाउन्डेसन , हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ३८ जनालाई बाख्रा उपहार गरिएको हो ।

मंकाली स्वाबलम्बी महिला समुहले मुक्तिनाथ र अकला स्वबलम्बी महिला समुहका ३८ जना सदस्यहरुलाई बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरिएको थियो । मंकाली स्वालम्बी महिला समुहका अध्यक्ष खिल कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद थपलियाको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल , कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार महिला सहकारीका प्रतिनिधि सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरूको समेत सहभागीता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: