Sat. Jul 27th, 2024

बागमति प्रदेश सहित दुई दिन भारी वर्षाको सम्भावना

धादिङ –

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको सोमबार बिहान जारी मौसम बुलेटिनमा उल्लेख छ।

महाशाखाले सोमबार पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मंगलबार दिउँसो गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: