Sat. Jul 27th, 2024

टी–२० विश्वकपका लागि पाकिस्तानको राष्ट्रिय टिम घोषणा

काठमाडौ –

पाकिस्तानले टी–२० विश्वकप २०२१ का लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
पाकिस्तानी टिमको कप्तानी बाबर अजामले गर्नेछन्।

टिममा शादब खानलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। फखर जमान वैकल्पिकमा झारिएका छन्।

टी–२० विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुँदैछ।

सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर–१२ मा पुगेका छन्। सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

पहिलो चरणबाट चार टिम सुपर–१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्।

२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह–२ मा प्रतिस्पर्धा गर्नेछन्।

समूह–१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

About The Author

Loading...

अन्य समाचारहरु: