Sat. Jul 27th, 2024

दशैमा रुविभ्यालीको तिप्लिङमा बृहत साँस्कृतिक कार्यक्रम हुने

धादिङ– वडा दशैको अवसर पारेर धादिङको विकटमा पर्ने रुविभ्याली गाउँपालिकामा बृहत सास्कृति कार्यक्रम हुने भएको छ ।

रुबिभ्याली सृजनशिल युवा समाजले असोज २८ र २९ गते मनोरञ्जनात्मक कार्यक्रमसहित मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्न लागेको हो ।

२८ गते महिला र पुरुषको छुट्टाछुट्टै मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ । २९ गते जनचेतनामूलक नाटक र मनोरञ्जनात्मक नृत्य प्रस्तुती हुने समाजका अध्यक्ष उमेश घलेले बताए । कोरोनाले आक्रान्त गाउबासीलाई स्वास्थ मापदण्ड पालना गरि कार्यक्रम गर्न लागिएको उनले बताए ।

रुविभ्याली गाउँपालिका वडा नं. २ तिप्लिङको ठूलोगाउँमा आयोजित कार्यक्रममा स्थानिय नेता, बुद्धिजीवी, संघसस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा मेन्दोमाया कलाकारहरुको प्रस्तुती रहनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: