Fri. Jul 4th, 2025

उत्तरी धादिङको डुन्डुरे खोलामा पहिरो गयो, स्थानिय त्रसित

फाइल फोटो

धादिङ  – उत्तरी धादिङको चार गाविस जोड्ने झार्लाङ र दार्खा गाविसको सिमानामा रहेको डुन्डुरे खोलामा पहिरो गएको छ ।

पहिरो जाँदा आवत जावतमा समस्या भएको छ । बैशाख १२ र २९ गतेको भुकम्पको कारण चिरा परेको स्थानमा पहिरो गएपछि आवतजावतमा समस्या भएको झार्लाङका स्थानीय सुन बहादुर विकले बताउनु भयो । डुन्डुरे खोला तर्ने स्थानमा डाडैँ खसेपछि त्यहाँका स्थानीयहरु विचल्लीमा परेका छन् ।

उत्तरी धादिङको झार्लाङ, तिप्लिङ, लापा र सेर्तुङ जोड्ने बाटो नै पुरेपछि धादिङबेसी आउने र धादिङबेसीबाट घर जानेहरु बिचबाटोबाटै फर्कीएको झार्लाङका शिक्षक नवराज गिरिले जानकारी दिनुभयो । पहिरोको उच्च जोखीममा रहेको सो स्थानका स्थानयिहरुअहिले झनै त्रसित बनेका छन् । बर्षा लागिसक्दा पनि सुरक्षित बासस्थानको लागि सरकारले कुनै कदम नचाल्दा उनीहरु जोखीमपुर्ण जिवन विताउन बाध्य भएका छन् ।

डुन्डुरे खोलामा गएको पहिरो हटाउन नेपाली सेना परिचालित गरेपनि त्यो असफल भएको छ । उत्तरी धादिङको तीन गाउँ विकास समितिमा पुग्नका लागि विकल्पको बाटो नहुँदा उनीहरु विचबाटोमै अलपत्रमा परेका छन् । निरिक्षणको लागि राष्ट्रपतिदेखी प्रधानमन्त्री सम्म उत्तरी धादिङ गएपनि सुरक्षित बास स्थानको लागि कुनै काम नगरेको भन्दै पीडितहरु दुखी भएका छन् ।

About The Author

अन्य समाचारहरु: