Mon. Apr 21st, 2025

इपिएलको पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौ

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रिओट्सबीच खेल हुने भएको छ।

इपिएलको आज सार्वजनिक भएको खेल तालिकाअनुसार असोज ९ गते शनिबार हुने पहिलो खेलमा काठमाडौं र ललितपुरबीच खेल हुने भएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा संचालन हुने प्रतियोगिताको फाइनलसम्म गरी कूल १९ खेल हुनेछन्।

तीन वटा शनिबारको बीचमा हुने प्रतियोगिताको समूह चरणका शीर्ष चार टिम प्लेअफमा पुग्नेछन्।

फाइनल असोज २३ गते शनिबार हुने छ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।

विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ।

अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो।

About The Author

अन्य समाचारहरु: