Sat. Jul 27th, 2024

एमसीसीका विषयमा अध्ययन गरौं, त्यसपछि धारणा बनाउँला- ओली

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताएका छन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले हतार गरेर एमसीसीका विषयमा धारणा बनाउनु पर्ने अवस्था नभएकाले अध्ययनमा लाग्न सांसदहरुलाई आग्रह गरे। एमसीसीका विषयमा एमाले सांसदहरुले पार्टीको धारणा स्पष्ट पार्नुपर्ने माग गरेपछि ओलीले तत्काल धारणा बनाउनु पर्ने अवस्था नरहेको प्रष्ट पारे।

‘एमसीसी एउटा डिबेटको रुपमा आएको छ। छलफलमा लानु पर्ने छ। बुद्धिजीविहरुलाई विचार व्यक्त गर्न दिउँ। दलहरुलाई धारणा बनाउन दिउँ। तर्कहरु गर्न दिउँ’ ओलीले भने, ‘सबै डकुमेन्टहरु पढौं। ठिक र बेठिक कुरा के के रहेछ, कति फाइदा र बेफाइदा रहेछन् पढौं।’

एमसीसी पास गर्ने एमालेको जिम्मा नभएकाले त्यसमा धेरै सरोकार नराख्न ओलीले आग्रह गरे। एमालेले देशको हितविपरित गएर सम्झौता नगर्ने ओलीले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: