Sat. Jul 27th, 2024

अमेरिकाविरुद्ध नेपालको शानदार जित

धादिङ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको एकदिवसीय म्याचमा नेपाल ५ विकेटले विजयी भएको छ ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि कुशल भुर्तेलले उत्कृष्ट पारी खेले ।

एकदिवसीय क्रिकेटमा रोहितको यो लगातार दोस्रो अर्धशतक हो । उनले पीएनजीसँगको दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए ।

त्यस्तै, आज विनोद भण्डारीले ३७, आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । कुशल मल्ल भने एक रनमै आउट भए ।

बलिङमा निर्सग पटेल र नोषुतोस केन्जिङ्गेले सर्वाधिक २-२ विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।

उसका लागि मोनाक मटेलले शतक बनाए । पटेलले ११४ बलमा एक छक्का र ९ चौकासहिचत १ सय रन बनाए ।

त्यस्तै, निर्शग पटेलले २१, करीमा गोरे, सुशान्त मोडानीले १६/१६, स्टिभन टेलरले १४, अभिषेक पराडकरले अविजित १३, नोषतोश केन्जिङ्गे, सञ्जय कृष्णमूर्तिले १३/१३ रर जसकरण मल्होत्राले ११ रनको योगदान दिए ।

बलिङमा सन्दीप लामिछाने, विक्रम सोब सुशान भारीले दुई/दुई र कुशल मल्लले एक विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउटको शिकार भए ।

उनले ९३ बलमा तीन छक्का र तीन चौकासहित ८४ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकीय पारी खेले । उनले ८७ बलमा दुई चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए ।

About The Author

Loading...

अन्य समाचारहरु: