Tue. Apr 22nd, 2025

कृषि सहकारी कर्मचारी समाज धादिङको अध्यक्षमा नारायण सुवेदी


धादिङ : कृषि सहकारी कर्मचारी समाज नेपाल धादिङको अध्यक्षमा नारायण सुवेदी चयन भएका छन् । समाजको धादिङबेसीमा भएको प्रथम साधारणसभा तथा प्रथम अधिबेशनले सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ज्ञानु ईटनी, सचिवमा नवीन रिजाल र सदस्यहरुमा रामजि खतिवडा ,पुर्ण ब अर्याल, सन्जु श्रेष्ठ, जीवन कुमार घिमिरे , शोभा छत्कुली, रचना तिवारी चयन भएका छन् ।

कृषि सहकारीमा कार्यरत कर्मचारीहरुलाई आबद्ध गर्दै उनीहरुको क्षमता बिकास गरि कृषि सहकारीहरुमा कुशल कार्यसम्पादन गर्नुका साथै कर्मचारी ज्ञान सीप बृद्दि गर्न विभिन्न कार्यक्रम संचालन गर्ने उद्देश्यले स्थापना भएको सहकारीमा हालसम्म ६१ जना रहेका छन् ।

About The Author

अन्य समाचारहरु: