Sat. Jul 27th, 2024

एमविविएस प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई धादिङबेसीमा सम्मान

धादिङ– चिकित्सा शिक्षा आयोगद्धारा लिइएको एमविविएस प्रवेश परीक्षा पास गरेका विद्यार्थीह? आज धादिङबेसीमा सम्मानित भएका छन् । नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूले सम्मान गरेको हो ।

जिल्लाका विभिन्न विद्यालयमा अध्ययनपछि एमविविएस प्रवेश परीक्षाबाट पूर्ण छात्रबृत्ति खुल्लातर्फबाट नाम निकाल्न सफल ५ जना र आंशिकतर्फबाट नाम निकाल्न सफल ४ जना सम्मान गरिएको अनेरास्ववियु धादिङका अध्यक्ष मिश्र शाक्यले जानकारी दिए ।

अनेरास्ववियू जिल्ला कमिटी धादिङको प्रथम विस्तारित वैठकको अवसरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं् पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले विद्यार्थीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

अनेरास्ववियूको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता तुलाधरले पार्टी विभाजन आफूह?को बाध्यता भएको स्पष्ट पारेका छन् । केपि ओलि नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्काे पार्टी गठन गर्नुपरेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: