Sat. Jul 27th, 2024

महिला एसियन कप छनोट : नेपाल हङकङसँग खेल्दै

काठमाडौ –

चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।

समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।

तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ ।

समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।

३२ वर्षपछि हङकङसँग खेल्दै

नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १–० ले पराजित भएको थियो ।

त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने–सामने हुन लागेका हुन् ।

मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समय अनुसार ३स् ४५ बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमले हङकङलाई नहराए पनि नेपालको एपीएफ टिमले भने मैत्रीपूर्ण खेलमा हङकङलाई ३–१ ले पराजित गरेको थियो । त्यस खेल खेलेका केही खेलाडी अहिले राष्ट्रियमा टिममा समेत छन् ।

राम्रो नतिजा ल्याउने आशा

पहिलो खेलमा फिलिपिन्सविरुद्ध जित नजिक पुगेर पनि हार बेहोर्दा नेपाली टिमसँगै मुख्य प्रशिक्षक ग्यारी फिलिप्स निराश थिए ।

एन्फाको प्राविधिक निर्देशकसमेत रहेका ग्यारीले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय म्याचको अनुभवको कमी भएको बताएका थिए ।

यस्तै गोलकर्ता विमला चौधरी र डिफेण्डर पुजा रानाको चोटले पनि नेपाललाई असर गर्‍यो ।

दोस्रो खेलमा भने प्रशिक्षक ग्यारीले पनि राम्रो नतिजा ल्याउने आश गरेका छन् । उनले नेपालले जितकै लागि खेल्ने भन्न खोजेका हुन् ।

यस्तै कप्तान रेनुका नगरकोटले पनि पहिलो खेलमा आफैं सम्हालिन नसक्दा गोल बेहोरेको र दोस्रो खेलमा त्यो कमजोरी सुधार गर्दै खेल्ने बताएकी छिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: