Fri. Mar 29th, 2024

रुघाखोकीमा घरेलु औषधि

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ ।

हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो ।

रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति व्यापक छ । चिकित्सकको परामर्श बिना नै औषधि खाँदा थप जटिलता आउन सक्छ । रुघाखोकी मात्र लागेको हो भने तातो पानीको बाफ लिनु पनि निकै राम्रो हुन्छ ।

त्यसो त सामान्य ज्वरो वा रुघाखोकीमा घरेलु औषधि पनि उपयोगी हुन्छ । खासगरी रुघाखोकी लागेको अवस्थामा बेसार, तुलसी, अदुवा जस्ता घरेलु औषधि खाएर पनि निको हुन्छ । रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । तुलसी रुघाखोकीको लागि निकै प्रभावकारी औषधि हो ।

तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ । अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकीबाट राहत मिल्छ ।

राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ । यसैगरी अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि कफ जमेको छ भने निम्न विधीहरु अपनाउन सकिन्छ ।

मह र कागती
एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले तपाईंको घाँटीलाई आराम दिन्छ । महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँटीलाई तुरुन्त आराम दिलाउँछ ।
मरिच
मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रशवसको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई समाप्त गरिदिन्छ । मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । शरीरमा बन्ने एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउनुपर्छ ।
तातो पानी
कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुहोस् । यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि तपाईं आफूलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।
नुनपानीले कुल्ला
नुन पानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: