
धादिङ – धादिङको गजुरी गाउपालिका-२, मलेखुस्थित पुरानो मेल कुलोको भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बेनिघाट-२ झिरबासका राम बहादुर गुरुङको बुधबार साझ पैदल हिड्दै गर्दा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पनि उनी सवारी दुर्घटनामा परेका थिए । परिवार श्रोतका अनुसार उनी साझपख सधैं पैदल हिड्ने गर्थे । उनको खुट्टामा समस्या थियो ।
उनको शव पोस्टमार्टमको लागि गजुरी लगिदै गरेको ईलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।
मृतक गुरुङ साविक नेकपा एमालेका स्थानीय नेता हुन् । पछिल्लो समय उनी नेकपा एकिकृत समाजवादीमा सक्रिय थिए ।