Thu. Mar 28th, 2024

बेनिघाटमा आँखा केन्द्र स्थापना

धादिङ– आँखाका बिरामीहरुलाई सेवा दिने उद्देश्यले धादिङकाे बेनिघाटमा आँखा केन्द्र स्थापना भएकाे छ । भरतपुर आँखा अस्पतालकाे प्राविधिक सहयाेगमा बेनिघाट राेराङ गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएकाे हाे ।

भद्रकाली कडेल आँखा उपचार केन्द्रकाे नामा सञ्चालनमा ल्याएकाे आँखा उपचार केन्द्रलाई सेवा फाउण्डेशनले विभिन्न उपकरणहरु सहयाेग गरेकाे सेवा फाउण्डेशनका प्रमुख रामप्रसाद कडेलले बताए । केन्द्रकाे सञ्चालन तथा व्यवस्थापनकाे जिम्मेवारी बेनिघाट राेराङ गाउँपालिकाले गर्ने गाउपालिकाका स्वास्थ्य संयाेजक शंकर बाबू दुवाडीले जानकारी दिए ।

आँखा उपचार केन्द्रकाे उद्घाटन गर्दै अध्यक्ष पित्तबहादुर डल्लाकाेटीले नागरिककाे स्वास्थ्यमा गाउपालिका सम्वेदनशील रहेकाे भन्दै स्वास्थ्यमा अर्काे एउटा सेवा थपेकाे बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: