Sat. Jul 27th, 2024

काङ्ग्रेस रुविभ्याली र नीलकण्ठको अधिवेशन कात्तिक ४ गते हुने

धादिङ– नेपाली काङ्ग्रेस धादिङको रुविभ्याली र नीलकण्ठको गाउँ/नगर अधिवेशन कात्तिक ४ गते हुने भएको छ ।

असोज ९ मा आन्तरिक विवादका कारण रोकिएको अधिवेशन दशै पछि गर्ने भएको हो । काङ्ग्रेसले सूचना जारी गरेर निर्वाचनको मिति सार्वजनिक गरेको छ ।

‘विशेष कारणवस रुवी भ्याली गा.पा. र निलकण्ठ न.पा. को स्थगित भएको अधिवेशन मिति २०७८।७।४ मा हुने निर्णय गरी सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।

प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्वाचन केन्द्रिय समितिले नै हाल स्थगित गरेकोले केन्द्रिय निर्वाचन समितिले पछि तोके बमोजिमको कार्यतालिका अनुसार नै हुने काङ्ग्रेस धादिङले सूचना मार्फत जानकारी गराएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: