
धादिङ: धादिङमा चाडपर्वलाई लक्षित गर्र्दैै यात्रुको सजिलोको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय धादिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
बडादशै‚ दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत‚ सवारी साधन चाप बढ्दै जाने भएकाले यात्रु सहायता कक्ष राखेका हुन् । चाडपर्वमा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्देश्यले धादिङ जिल्लामा ६ स्थानहरुमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जानकारी दिए ।
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३, पुछारबजार, बेनिघाट रोराङ गाउँपालिका वडान ं ९ मझिमटार, गजुरी गापा १ गजुरी वजार, गल्छी गापा ७ गल्छिचोक, धुनिवेसी नपा ८ खानिखोला र थाक्रे गापा ६ महादेववेशीमा राखिएको हो ।
यी ठाउँहरुमा राखिएको छ यात्रु सहायता कक्ष
– निलकण्ठ नपा ३ पुछारबजार‚ सम्पर्क न. १००, ०१०-५२०१९९‚ ९८५१२८३४८०
– वेनिघाट रोराङ गापा ९ मझिमटार‚ सम्पर्क नं. ०१०‚६९०२८७‚ ९८५१२९६९०२ र ९८४१३५८९६४
– गजुरी गापा १ गजुरी वजार‚ सम्पर्क नं. ९८५१२८६१००
– गल्छी गापा ७ गल्छिचोक‚ सम्पर्क नं. ९८५१२९६९०५
– धुनिवेसी नपा ८ खानिखोला‚ सम्पर्क नं. ९८५१२८२९११
-थाक्रे गापा ६ महादेववेशी‚ सम्पर्क नं. ९८५११९१४८१