Sat. Jul 27th, 2024

यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

काठमाडौ –

डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ ।

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए ।

‘हामीले बिहीबार सबै भन्सारलाई परिपत्र गरिसकेका छौं । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्’ खड्काले अनलाइनखबरसँग भने । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको मेचीनगर भन्सार कार्यालयका प्रमुख ध्रुब विश्वकर्माले बताए ।

‘दुई देशबीचको सहमतिअनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भने भन्सार काटेर भारतीय गाडी यात्रुसहित आजबाट जान सक्नेछन्’ भन्सार प्रमुख विश्वकर्माले भने ।

नाका खुलेको पहिलो दिन मध्यान्न १२ बजेसम्ममा कुनै पनि त्यस्ता सवारी साधन नआएको उनले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: