Sat. Jul 27th, 2024

देशभरका इन्टरनेट अवरुद्ध हुनसक्ने

काठमाडौं –

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

दूरसञ्चार प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइबर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवा निर्बाध उपयोग गर्नेगराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न आग्रह गरेको हो ।

‘अप्टिकल फाइबर काट्दा राज्यको अत्यावश्यक सेवा अवरुद्ध पारिएको छ। दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरे दण्डनीय हुने व्यवस्था छ। यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

प्राधिकरणले राज्यको अत्यावश्यक सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुका साथै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: