Sat. Jul 27th, 2024

धादिङको सिद्धलेक गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै बिरोध


धादिङ : धादिङको सिद्धलेक गाउपालिकामा आर्थिक अनियमितता भएको भन्दै विभिन्न ४ राजनीतिक दलले मंगलबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निकालेको ज्ञापनपत्र आज संयुक्त रुपमा गाउपालिका प्रमुख प्रेमनाथ सिलवाल र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई बुझाएका छन् । ४ वटै दलले गाउपालिकाभित्र भएका आर्थिक अनियमितताबारे ध्यानाकर्षण गराउन ज्ञापनपत्र बझाउदै वास्तविकता छानबिन गर्न र वास्तवमै अनियमितता भएको भए दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् ।

४ वटै दलले ज्ञापनपत्रमार्फत सिद्धलेक गाउपालिकामा कृषि औजार, मेसिन खरिद तथा औषधी खरिदमा आर्थिक अनियमितता भएको, विनियोजित बजेट गाउपालिकाका पदाधिकारीहरुको अनुकुलताको व्यक्तिहरुलाई राखेर उपभोक्ता समिति निर्माण गरि आर्थिक चलखेल गरेको, विद्यालय व्यवस्थापन समिति चयन, शिक्षक नियुक्ती जस्ता विषयमा राजनीतिकरण भएको आरोप लगाएका छन् ।

यस्तै गाउपालिका भित्र गरिएका डिप बोरिङका आयोजना, वडा कार्यालय भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको ज्ञापनपत्रमा लेखिएको छ । यसरी गाउपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्ने जनगुनासो आएकोले तत्काल छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न र गाउपालिकाभित्र सुरुदेखि भएका आर्थिक गतिविधिहरुको वास्तविक विवरण सार्वजनिक गर्न समेत ज्ञापनपत्रमार्फत माग गरेका छन् ।

यस्तै ज्ञापनत्रपत्र बुझ्दै सिद्धलेक गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउपालिका भित्र आर्थिक अनियमितता भएको भन्ने खबरमा सत्यता नभएको बताए । गाउपालिकाले कुनै पनि सामान खरिद होस् या विकास निर्माणका काम होस् सबै विधिको शासनमै राहेर काम गरेको बताए । गाउपालिकाबाट भएका हरेक आर्थिक गतिविधिको दस्तावेज सुरक्षित राखिएको हुनाले आर्थिक चलखेल भएको छ भन्ने शंका नगर्न आग्रह गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: