Sat. Jul 27th, 2024

आज सरकारले पूर्णता पाउँछ: जसपा नेता भट्टराई

धादिङ – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएसँगै आज सरकारले पूर्णता पाउने भएको छ ।

नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएकोले सरकारले पनि आज पूर्णता पाउने पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।
मन्त्रीहरूको नाम लगभग टुंगिएको छ । भट्टराईले भने,‘अनौपचारिक सहमति भएको छ, दिउसो ४ बजे आसपास सपथ हुँदैछ, अहिले मन्त्रीहरुको नाम खुलासा नगरौं ।’ जसपाले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन ।

कार्यकारिणी समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाएर गृह जिल्ला गोरखा आउने क्रममा धादिङबेसीमा रोकिएका डा. भट्टराईलेभने,‘जसपाबाट पनि एउटा पक्ष अलगिएको हुनाले थोरै नोक्सान त भयो, हाम्रो कारणले हिजो पनि रोकिएको होइन आज पनि रोकिदैन, आज सरकारले पूर्णता पाउछ । हामी त्यसमा सहभागी हुन्छौं ।’

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो । श्रोतका अनुसार मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाहको नाम आएको छ ।

४ दलीय गठबन्धन कहिलेसम्म टिक्ला ? भन्ने पत्रकारको प्रश्नमा डा. भट्टराइले भने,’बहुदलीय लोकतन्त्रमा विभिन्न संभावना हुन्छन्, चुनावसम्म नै यो गठबन्धन कायम गरेर लैजानुपर्छ भन्नेमा हामी छौं, त्यो के हुन्छ भविश्यले निर्धारण गर्नेछ ।’

About The Author

Loading...

अन्य समाचारहरु: