Fri. Mar 29th, 2024

दशैंको मुखमा चेपाङ बस्तीमा अष्ट्रेलियनको राहत

धादिङ : छाक टार्नै समस्यामा परेका बेनिघाट रोराङ गाउँपालिका–३, तल्लो ओर्वाङका चेपाङ परिवारले दशैको मुखमै खाद्यान्न राहत पाएका छन् ।

घरमा अन्नपात सकिएर भोकमरीसँग पौठेजोरी खेल्दै जीवन धानिरहेका बेनिघाट बस्तीमा आइतबार दाताहरुले राहत स्वरुप चामल पु¥याएका छन् । दशै मनाउन सकस भइरहेको बेला गाउँभरी सबैको घरमा चामलका पुरा पुग्दा स्थानीयहरु खुसी भएका छन् । चामल पाएपछि दशै मनाउन सहज हुने उनीहरुले बताएका छन् ।

एनएभि अष्ट्रेलियाको सक्रियातामा भिक्टोरिया राज्यका दाताहरुबाट संकलन भएको रकमले गरबीको चपेटामा रहेको चेपाङमा खाद्यान्न सहयोग पठाएको हो । ईन्जिनियर निराजन गौलीको समन्वय र एनएभिका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सिनाको संयोजनमा संकलन भएको एक लाख ५३ हजारले ९० परिवारलाई खाद्यान्न सहयोग गरिएको एनएभिका अध्यक्ष राम गुरुङले बताए ।

खाद्यान्न अभाव सम्बन्धि समाचार पाविल न्युज डटकममा प्रकाशित भएपछि दाताहरुले गरिबीले आक्रान्त बस्तीहरुमा खाद्यान्न वितरण गर्दै आएको छ ।

धादिङको दक्षिणी बेनिघाट रोराङ गाउँपालिका– ६, ८, १० र २ का अधिकांश गाउँमा यसअघि नै खाद्यान्न वितरण गरिएको थियो । खोरिया खनेर उत्पादन गरेको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृङ्खला आसपासका स्थानीयलाई मुस्किलले पाँच महिना खान पुग्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: