Fri. Mar 29th, 2024

दाेस्राे नेत्रावती डबजाेङ्ग कप ब्याडमिन्टन : सबिन र नकुल फाईनल प्रबेश

धादिङ : धादिङको नेत्रावती डबजोङ गाउपालिकाको वडा नम्वर १ मार्पाकमा संचालित दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा खनियाबास गाउपालिकाका सबिन तामाङ्ग र नेत्रावती डबजाेङ्ग गाउपालिकाका नकुल अधिकारी फाईनल प्रबेश गरेका छन् ।

धादिङ जिल्लाभरका कुल १६ जना खेलाडीहरु सहभागी प्रतियाेगिता अन्तर्गत सोमबार क्वाटरफाईनलका ४ र सेमिफाईनलका २ खेलहरु सम्पन्न भएको छ। सोमबार भएको क्वाटरफाईनलका खेलहरुमा नयन अधिकारी र आश्विन तामाङ्ग साथै सबिन तामाङ्ग र नकुल अधिकारी सेमिफाईनल प्रबेश गरेका थिए ।

असाेज २६ गते हुने फाईनल प्रतियोगितामा प्रथम, द्धितीय, हुनेलाई क्रमश ११ हजार १ सय ११, ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने, तृतिय हुने २ जनालाई नगद रु २ हजार २ सय २२, गिफ्ट र प्रमाणपत्र साथै १ जना उदियमान खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै क्वाटरफाईनलबाट बाहिरिने ४ जनालाई समेत पुरस्कारकाे ब्यबस्था गरिएकाे आयोजकले जानकारी दिएको छ ।

साथै हरेक सहभागी खेलाडीहरुलाई मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालकाे तर्फबाट संयुक्त रुपमा मायाकाे चिनाे प्रदान गरिने प्रतियाेगिता संचालक शिव कार्कीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: