Fri. Mar 29th, 2024

दोस्रो नेत्रावती डबजोङ कप ब्याडमिन्टनको उपाधि सविन तामाङलाई


धादिङ : धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्वर १, मार्पाकमा भएको दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सविन तामाङले जितेको छ । तामाङ खनियाबास गाउँपालिकाका हुन् ।

मंगलबार भएको फाइनल खेलमा नेत्रावती डबजोङ गाउपालिकाका नकुल अधिकारीलाई हराउँदै उपाधि हात पारेको हो । प्रतियोगितामा प्युठान जिल्लाका १ जना, खनियाबास गाउपालिकाका १ जना र नेत्रावती डबजोङ्ग गाउपालिकाका १४ जना गरि कुल १६ जना खेलाडीहरु सहभागी थिए ।

असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा बिजेता भएकासबिन तामाङ्गले नगद रु ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपबिजेता हुने नकुल अधिकारीले नगद रु ५ हजार ५ सय ५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै तृतिय हुने नयन अधिकारी र आश्विन तामाङ्गले नगद रु २ हजार २ सय २२, गिफ्ट र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा उदियमान युवा खेलाडी शिशिर तामाङ्गलाई ूईमर्जिङ्ग प्लेयर अफ दि टुर्नामेन्टू स्वरुप र्याकेट र प्रमाणपत्र प्रदान गरियो साथै ४ जना क्वाटरफाईनलिष्ट खेलाडीहरुलाई समेत पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।

साथै प्रारम्भिक चरणबाट बाहिरिने ८ जना खेलाडीहरुलाई समेत मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालको तर्फबाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको प्रतियोगिता संचालक शिव कार्कीले जानकारी दिए ।

मार्पाक सामुदायिक क्लबको आयोजनामा धादिङ्ग जिल्ला ब्याडमिन्टन संघको संयोजन तथा नेत्रावती डबजोङ्ग गाउपालिकाको सहकार्यमा संचालित प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन नेत्रावती डबजोङ्ग गाउँपालिकाले गरेको थियो भने द्धितिय पुरस्कारको प्रयोजन क्लबका संरक्षक, समाजसेवी तथा नेकपा एमालेका नेता उत्तम अधिकारीले गरेका थिए । साथै २ वटा तृतिय पुरस्कार तथा खेल सामाग्रीको प्रायोजन स्वर्गीय बोर सिंह अधिकारी र खड्क कुमारी अधिकारीको संझनामा तारादेवी कुमालले गरेका थिए र समाजसेवीहरु दिपक अधिकारी र अदिप अधिकारीले खेल सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिए ।

निरन्जना मा।बि। को प्राङ्गणमा सम्पन्न समापन तथा पुरस्कार बितरण कार्यक्रम क्लबका अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा र पुर्ब संभिधानसभा सदस्य बिर बहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: