Sat. Jul 27th, 2024

नेकपा (एस) पार्टीको ७३ जिल्लामा कमिटी !

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार चार जिल्लाबाहेक अन्यमा जिल्ला कमिटीसमेत गठन गरिएको छ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन्। देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेकोे विज्ञप्तिमा जनाइएको छ।

सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन्। केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको जनाइएको छ। केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन्।

 त्यसैगरी, सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी रहेको विज्ञप्तिमा उल्लेख छ। 

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: