Sat. Jul 27th, 2024

एमाले धादिङको ८८ वडामा नयाँ नेतृत्व, बाँकी पनि आजै टुंग्याउने

धादिङ– नेकपा एमाले धादिङले अधिकांश वडाको नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । शनिबार साँझसम्म नीलकण्ठ, धुनिबेसी, थाक्रे, गजुरी, वेनिघाट, सिद्धलेक र ज्वालामुखीको सबै वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लामा रहेका १३ ओटा पालिका मध्य ६ ओटा पालिकाको केही वडामा अधिवेशन चलिरहेको एमाले धादिङका प्रचारप्रसार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिइन् ।
त्रिपुरा सुन्दरीको वडा नं. ४, गंगाजमुनाको १, २ र ३ मा नेतृत्वको विषयमा छलफल जारी छ । सापकोटाका अनुसार रुविभ्यालीको ४ र ५ नं. वडा, गल्छीको ४, ५, ७ नं. वडा र नेत्रावतीको २ र ३ नं. वडामा अधिवेशन चलिरहेको छ । खनियाबासको पनि सबै वडामा अधिवेशन जारी छ ।

साँझसम्म ८८ ओटा वडाको अधिवेशन सकिएको छ । विभिन्न पालिका गरी १६ ओटामा अधिवेशन चलिरहेको एमालेले जनाएको छ । अबेरसम्म लगाएर पनि सबै वडामा आजै टुंगो लगाउने नेताहरुले बताएका छन् ।

वडा तहमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव २ जना गरी ३१ सदस्यीय कमिटि चयन गरेको छ । धादिङ जिल्लामा रहेका १ सय ४ ओटा वडा मध्य करिब ८५ वडाको अधिवेशन सम्पन्न भइसकेको प्रचार विभाग प्रमुख सापकोटाले जानकारी दिइन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर आज वडा तहको अधिवेशन गरिरहेको छ । एमालेले कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकाहरु महाधिवेशन प्रतिनिधि बन्न योग्य हुनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: