
धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति भएपनि मानवीय क्षती भएको छैन ।
इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बसमा ३६ जना यात्रु रहेका थिए ।
स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।