Fri. Mar 29th, 2024

मस्तिष्कघातका कारण कांग्रेस धादिङका नेता जोमसाइ घलेको निधन

धादिङ– नेपाली कांग्रेस धादिङका नेता तथा पूर्व जिल्ला कमिटी सदस्य जोमसाइ घलेको आज बिहान निधन भएको छ ।

धादिङको विकटमा पर्ने रुबीभ्याली गाउँपालिका-२, तिप्लिङ स्थायी घर भएका घलेको ६५ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको हो ।

शनिबार बेलुका करिब ८:०० बजे उच्च रक्तचापले निकै असहज बनाएपछि उपचारको लागि तिप्लिङ स्वास्थ्य चौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै मस्तिष्कघातका कारण निधन भएको परिवार श्रोताले बताएको छ ।

घले शैक्षिक, राजनीतिक तथा भौगोलिक रूपमा पिछडिएको धादिङका उत्तरी क्षेत्रका ग्रामीण भेगमा कांग्रेसका तर्फबाट राजनीतिक तथा सामाजिक जागरण फैलाउन पञ्चायतकालदेखिकै कृयाशिल नेता हुन् ।

भौगोलिक विकटताले गर्दा समयमा उपचार नपाउदा उनको मृत्यु भएको हो । घलेको निधनले नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ ।

‘कुशल संगठक र इमान्दार एवम् अनुभवी नेता गुमाउनु परेको छ’ कांग्रेस धादिङका जिल्ला सदस्य विकास श्रेष्ठ भन्छन्-‘रातीको समयमा परेकोले हेलिकप्टर पनि पुग्न नसक्ने भएपछी उपचारको लागि तत्काल काठमाडौ पुर्‍याउन सकिएन ।’

भौगोलिक हिसाबले विकट भएकै कारण रुबिभ्यालीमा बिरामी पर्नेहरुले समयमा उपचार पाउनबाट बन्चित हुनुपर्छ ।

जोमसाइ घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं. २ धादिङका क्षेत्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: