Sat. Jul 27th, 2024

पहिरोबाट बिस्थापित परिवारलाई सिद्धलेक गाउँपालिकाद्वारा १/१ लाख सहयोग

धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले पहिरोबाट बिस्थापित परिवारलाई नगद सहयोग गरेको छ ।

गत साउन ५ गतेको अविरल वर्षाका कारणले आएको पहिरोले क्षति पुग्न गई विस्थापित भएकाे घर परिवारहरु चेलिमाया घले र श्रीमाया घलेलाई सहयोग गरेको हो ।

गाउँपालिकाले नगद १/१ लाखकाे दरले पुर्नस्थापनाकाे लागि सहयोग रकम उपलब्ध गराएको हो । सहयोग रकम (चेक) गाउँपालिकाको उपाध्यक्ष कमला शर्माले हस्तान्तरण गरेकी हुन ।

About The Author

Loading...

अन्य समाचारहरु: