Sat. Jul 27th, 2024

धादिङ अस्पतालको बेडमा छट्पटाईरहेका को होलान् यिनी ?

धादिङ– कपाल र दारी पनि सेतै फुलिसकेका छन् । झट्ट हेर्दा मधेसी मुलका देखिन्छन् । अन्दाजी ६० बर्षका छन् । बोल्ने कोसिस गर्छन्, सक्दैन ।

कालो, दुब्लो शरीर भएका यी ब्यक्ति सोमबार दिउसोदेखि धादिङ अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा छट्पटाईरहेका छन् ।

धादिङकै गजुरीबजारको सडकमा बिरामी अवस्थामा भेटिएका यी ब्यक्तिलाई प्रहरीले अस्पतालसम्म ल्याइदिएका हुन् । कात्तिक ७ गते आइतबार भेटिएका उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि प्रहरीले धादिङ अस्पताल ल्याएर छोडिदिएका छन् । अहिले धादिङ अस्पतालको बेड नम्बर १२ मा छन् ।

उनलाई अक्सिजन दिएर राखिएको छ । औषधि खुहाउने पनि कोहि छैनन् । तिर्खाएको बेला पानी खुहाइदिनेसम्म छैनन् । अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी बिक्रम बि.क.ले बताए ।

अहिलेसम्म अस्पतालले निशुल्क उपचार गरिरहेको छ । तपाईको घर भारत हो? भनेर सोध्दा ‘हो’ भनेझै गर्छन्, बोल्न सक्दैनन् ।

यी ब्यक्तिको आफन्त परिवारलाई चिन्नुहुनेले धादिङ अस्पतालको सूचना अधिकारीको फोन नम्बर ९८५११८२५९४ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: