Sat. Jul 27th, 2024

बागमतीमा नवनियुक्त मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय : रोग नियन्त्रणमा जोड

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग सपथ लिएसँगै पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणसँगै पहिलो निर्णय सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले पहिलो निर्णयमा कोभिड १९ सहित डेंगु, स्क्रब टाइफसलगायत सरुवा रोगहरुको नियन्त्रणका लागि उपलब्ध स्वास्थ्य सेवा र सुविधाहरुको प्रभावकारी व्यवस्था र अस्पतालको क्षमता वृद्धि गरी थप प्रभावकारी बनाउन १३ वटै जिल्लाका अस्पताल, स्वास्थ्य चौकी तथा संस्थाहरुलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने उल्लेख छ ।

स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले प्रदेश सरकारको पहिलो ध्यान स्वास्थ्य क्षेत्रमै हुनुपर्नेमा जोड दिए ।

आजै साँझ पाण्डे नेतृत्वको चार सदस्यीय बागमती प्रदेश सरकारको बैठक बसेको छ । प्रदेश प्रमुख शर्माले आजै मुख्यमन्त्री पाण्डे, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भँडेललाई सपथ गराएका छन् । बाँकी मन्त्रालयहरुमा छिट्टै मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: