Sat. Jul 27th, 2024

फोकस नेपाल धादिङले मनायो १९ औं वार्षिक साधारणसभा

धादिङ– सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस नेपाल) धादिङले शनिबार १९ औं वार्षिक साधारणसभा मनाएको छ ।

फोकस नेपाल पछि परेका समुदायको जीवनस्तर सुधार, दिगो विकास, उत्पादनका साधनमा सबैको पहँुचको सुनिश्चितता गरी जीवन उपयोगी सीप अभिबृद्धि गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भई धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएको संस्था हो ।

संस्थाले शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन, विपद व्यवस्थाप लगायतका क्षेत्रमा काम गर्दै आएको छ । जिल्लाभित्र पछाडि पारिएका समुदायको आवश्यकताको पहिचान गर्दै खानेपानीबाट समस्या ग्रस्त समुदायमा स्वच्छ खानेपानीको व्यवस्थापन र स्वास्थ्य सरसफाईमा सुधारका कार्यक्रमहरु गरिरहेको फोकस नेपालकी अध्यक्ष पार्वती खाँडले बताइन । न्युन आय भएका समुदायमा आयस्तर सुधार गर्न जिविकोपार्जनका कार्यक्रमहरु, जोखिमको पहिचान र विपद व्यवस्थापनमा सहयोग र समुदायमा आधारित संस्थाको क्षमता विकास जस्ता कार्यक्रमहरु संस्थाले गर्दै आएको पनि अध्यक्ष खाँडले जानकारी दिइन् ।

स्थापनादेखि हालसम्म ५६ ओटा परियोजनामा काम गरिसकेको संस्थाका कार्यक्रम निर्देशन एवं् पूर्व अध्यक्ष हेमराज छत्कुलीले बताए । फोकस नेपालले हाल हेफर इन्टरनेशनल, अक्सफाम, युकेएड लगायत १० ओटा साझेदार संस्थासँग विभिन्न परियोजना संचालन गरिरहेको पनि छत्कुलीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा सस्थाले कृषि तथा जिविकोपार्जन, खानेपानी सरसफाई तथा स्वच्छता, कृषि उपजहरुको बजार प्रवद्र्धन, कृषि तथा पशुजन्य उत्पादन तथा बजारीकरणमा सहयोग जस्ता कार्यक्रम संचालन गरेको संस्थाका कार्यकारी निर्देशक एकराज छत्कुलीले बताए ।सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले हरेक वर्ष प्रतिवेदन पुस्तक प्रकाशन गर्दै आएको उनले जानकारी दिए ।

वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेर संस्थाले शनिबार वार्षिक प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको छ । कार्यक्रममा गैर सरकारी सस्था महासंघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल, साना किसान कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष एवं् साना किसान विकास बैंकका केन्द्रिय अध्यक्ष खेमबहादुर पाठक लगायतले फोकस नेपालले संचालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा पछाडि परेका समुदायका लागि अझ प्रभावकारी कार्यक्रम ल्याउन आग्रह गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: