Sat. Jul 27th, 2024

बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । उनले आगामी कात्तिक २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले विश्वास मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गरिसकेका छन् । मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिनेसम्बन्धी आएको प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: