Sat. Jul 27th, 2024

कार्यकर्ताको स्वागत थाप्दै हिँडेका केपी ओली पृथ्वीराजमार्गमा किन बोलेनन् ?

धादिङ– नेकपा एमालेका अध्यक्ष एवं् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीराजमार्गका मुख्य मुख्य बजारहरुमा रोकिए । नेता आउने खबर पाएपछि कार्यकर्ताले हतार हतार तयार पारेको फुलमाला थाप्न पनि भ्याए । तर, मन्दिरमा फुल चढाएजसरी सिनियर कार्यकर्ताले पहि¥याइदिएको खादा र माला गलामा थाप्दै हिँडेका ओलीले केही बोल्न भने भ्याएनन् ।

चितवन जाने क्रममा धादिङको धार्के, महादेववेसी, गल्छी, मलेखु, वेनिघाटलगायतका बजारहरुमा रोकिएका थिए । मुग्लिनमा पनि करिब १० मिनेट रोकिए, तर सम्बोधन गरेनन् ।

‘फुल सेकुरिटीसहित सवार ओली गाडीबाट उत्रिए, खादा र माला पहिरिए, बाइबाइ गर्दै गाडी चढेर गए’ महादेववेसी र गल्छीको स्वागतमा सहभागी एकजना नेताले भने–‘किन केही बोल्नुभएन, थाहा छैन ।’

रोकिएका स्थानहरुमध्ये गल्छीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि गाडीबाट बाहिर निस्किएको केही मिनेटमै पुनः गाडी चढेर हिँडेका थिए । विहान ८ बजेदेखि सम्बोधनको समाचार संकलन गर्न कुरेर बसेका पत्रकारले पनि कुरेको कुरेई मात्र भए ।

दुईदिने चितवन बसाइँका क्रममा सोमबार उनी केही नेताहरूसहित काठमाडौंदेखि चितवन गएका हुन् । दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ ।

About The Author

Loading...

अन्य समाचारहरु: