Sat. Jul 27th, 2024

गजुरीले जित्यो धादिङ जिल्ला टी-२० क्रिकेट प्रतियोगिताको उपाधी


धादिङ : धादिङ जिल्ला टी-२० क्रिकेट प्रतियोगिताको उपाधी गजुरी सामुदायिक विकास समाजले हात पारेको छ । बिहिवार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै गजुरी सामुदायिक विकास समाजले उपाधी जितेको हो ।

बेनिघाट रोराङ गाउँपालिकास्थित बिशालटारको चन्द्रोदय माबिको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको गजुरीले २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन जोडेको थियो। गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे। सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे। गजुरीका ६ ब्याटरले भने रन आउट मार्फत आफ्नो विकेट गुमाएका थिए।

त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए। अनिलले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उज्वलको विकेट पनि हात पारे। श्रीकृष्ण र उदय थापाले भने सम्मान १/१ विकेट हात पारे।

जवाफी ब्याटिङ गर्न आएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रन जोड्यो। १४ ओभरमा ६२ रन जोड्दै मात्र ५ विकेट गुमाएर खेलमा रहेको त्रिपुरासुन्दरीले उदय थापालाई २१ रनमा गुमाउँदा खेल पनि गुमाउन पुग्यो। उदय थापाले २५ बलमा २१ रन जोडे।

गजुरीका सानु घलेले ३ विकेट लिए। प्रदीप गिरी र सक्षम खरेलले सम्मान २/२ विकेट लिए। खेलको म्यान अफ द म्याच सानु घले भए। प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा भए। म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा भए। प्रतियोगिताको उदयमान खेलाडी गजुरीका सक्षम खरेल भए।

धादिङ जिल्ला क्रीकेट संघको आयोजनामा कार्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगिता बिहिवार सकिएको छ । प्रतियोगितामा बिजेता गजुरी सामुदायिक विकास समाजले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाए भने उपबिजेता त्रिपुरासुन्दरीले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाए ।

About The Author

Loading...

अन्य समाचारहरु: