Sat. Jul 27th, 2024

छठ पर्वको दोस्रो दिन आज खरना

रौतहट : हिन्दुहरुको पर्व छठको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन् । कडा बिधिबिधान तथा धार्मिक नियम पूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ हिजो सोमबारदेखि शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यताअनुसार छठ वर्षमा दुई पटक कार्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा मिथिलांचलमा महापर्व पनि भनिन्छ ।

लोक पर्व छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु​ महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना,रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन्। छठपर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ ।

दोस्रो दिन आज खरनामा व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रसादको रुपमा साठी धानको चामल र गाई भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउछन् । र त्यही प्रसाद खाने गर्दछन् । त्यसपछि ब्रतालुहरु ३६ घण्टा लामो निर्जला पानी समेत नखाएर निराहार व्रत शुरु हुनेछ ।

छठ पर्व अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि चार दिनको छठ विधिवत रुपमा सकिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: