Sat. Jul 27th, 2024

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कवानपुर : मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले मंगलबार बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाहीे अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: