Sat. Jul 27th, 2024

त्रिपुरासुन्दरी माईको जात्रा मंसिर १९ र २० गते लाग्ने

धादिङ : धादिङ जिल्लाको त्रिपुरासुन्दरी माईको जात्रा आगामी मंसिर १९ र २० गते लाग्ने भएको छ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ ।

त्रिपूरा सुन्दरी माइको ३ मन्दिर छ्न । भगवतीको मुर्तिलाई ठूलो दशै चैते दशैमा मामाघर, (माथिको पुर्ब पट्टीको मन्दिर) न्वागी पछिको करिब तीन महिना (बेशीको मन्दिर) माइत, र बाकी समय घर ( माथिको पश्चिम पट्टीको मन्दिर ) मा राखेर पुजा गर्ने गरिन्छ । मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ सल्यानकोट माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ ।

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रदालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: