Sat. Jul 27th, 2024

तिहार मानेका किसानलाई धान भित्र्याउने चटारो (फोटोकथा)

शंकर श्रेष्ठ
धादिङ–
धादिङका किसानलाई अहिले मंसिरे धान भित्रयाउने चटारो छ । महान पर्व तिहारमा चेलीमाइती भेटघाटको खुसियालीसँगै किसानहरु वर्षभरी खाने धान भित्रयाउन व्यस्त छन् ।

असारमा रोपेको धान केही किसानले काटिसकेका छन्, केहीलाई धान काट्ने चटारो परेको छ । केही समयअघि आएको हावाहुरीसहितको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा नोक्सानी परेको छ । यो वर्ष असारमा वर्षा राम्रै भएका कारण समयमा नै धान रोप्न भ्याएका किसान राम्रो उत्पादन हुने आशामा थिए । तर, बेमौसमी वर्षाका कारण सोचेअनुसार धान भित्र्याउन नपाएकोे किसानहरू बताउँछन् ।

‘काट्ने वेलाको धान ढल्यो । तर, नोक्सानी भने धेरै हुन पाएको छैन,’ नीलकण्ठ नगरपालिका–८ का किसान सोम्बर तामाङले भने, ‘बेमौसमी वर्षाले ठूलो क्षति पु¥याउँछ कि भन्ने चिन्ता थियो । धन्न हावाले ढलाएको धान पनि केही उठ्यो । त्यसैले धेरै क्षति हुन पाएन ।’

धादिङमा कुल ११ हजार हेक्टर क्षेत्रफलमा मंसिरे धान खेती हुँदै आएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष केही मात्रामा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अपेक्षा गरिएअनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कडेलले जानकारी दिए ।

‘गत वर्षभन्दा यस वर्ष असारयता मौसमले साथ दिएकोले उत्पादन राम्रो हुने अनुमान थियो,’ उनले भने, ‘काट्ने वेला हुँदा बेमौसमी हावाहुरी र पानी आयो, धान ढल्यो । अनुमान गरिएुसार उत्पादन भित्र्याउन सकिएन ।’

About The Author

Loading...

अन्य समाचारहरु: