Sat. Jul 27th, 2024

धादिङका विपिन कँडेलले जावलाखेलबाट ए डिभिजन लिग खेल्ने

धादिङ : धादिङका फुटबलर विपिन कँडेलले जावलाखेल युथ क्लबबाट पहिलोपटक सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

यसअघि बि डिभिजन र सि डिभिजन लगायत उपत्यकामा हुने विभिन्न प्रतियोगिता खेल्दै आएका विपिनले पहिलो पटक ए डिभिजन लिगका लागि जावलाखेलसङ्ग सम्झौता गरेका हुन् ।

फुटबल खेल्नकै लागि नेपाली सेनाको जागीर समेत छोडेका विपिनले पहिलोपटक जावलाखेलसङ्ग २ वर्षको लागि सम्झौता गरेको र लिगमा राम्रो गर्दै जान सकेपछि सम्झौता थप गर्ने योजनामा रहेको बताए । उनले सम्झौता रकम भने खुलाउन चाहेनन् ।

स्ट्राइकर विपिनले प्रिसिजन अन्तर्गत सोमबार साविक ए डिभिजन लिग विजेता विजेता मछिन्द्र संगको मैत्रीपुर्ण खेल लेख्ने मौका पाएका थिए । सो खेलमा उनले उत्कृष्ट गोल गर्दै प्रशिक्षकको मन जिते । तर उक्त खेलमा जावलाखेल मछिन्द्रसङ्ग ४–३ गोल अन्तरले पराजित भएको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशी घर भएका विपिन सानै देखि फुटबल खेल्दै आएका छन् ।

यही कार्तिक २९ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरू हुने लिगमा जावलाखेलले मंसिर १ गते मनाङ्ग मर्स्याङ्गदीसँग खेल्दै लिगको शुरुवात गर्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: