Thu. Apr 18th, 2024

धादिङको ससाहमा सवारी दुर्घटना, १५ जना घाईते

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा बुधबार दुई सवारी साधन एक आपसमा ठोक्किदाँ १५ जना घाईते भएका छन् ।

धादिङबेसीबाट नारायणगढ जादैँ गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौँबाट धादिङबेसीबाट तर्फ आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा घाईते भएकाहरुलाई उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

घुम्ती बाटोमा तीब्र गतिका कारण अनियन्त्रित भई आपसमा ठोक्किएर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: