Wed. Dec 4th, 2024

मिस नेपाल नम्रता श्रेष्ठले बनाइदिइन् धादिङमा झोलुंगे पुल

धादिङ : मिस नेपाल वर्ल्ड २०२० कि विजेता नम्रता श्रेष्ठको पहलमा धादिङको नीलकण्ठ नगरपालिकास्थित खोला माथि झोलुंगे पुल निर्माण भएको छ ।

मिस वर्ल्ड २०२१ ब्युटी विथ पर्पोज सामाजिक परियोजनाअन्तर्गत श्रेष्ठको सक्रियतामा , एक्सन नेपाल, आइएमइ फाउन्डेसन, नीलकण्ठ नगरपालिका, लायन्स क्लब लगायत स्थानीयको श्रमदान तथा विभिन्न संस्थाहरूको सहायतामा पुल बनाइएको हो । उनीसहित नगर प्रमुख भीमप्रसाद ढुंगाना, हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले पुलको संयुक्त रूपमा उद्घाटन गरे । झन्डै ५० लाख रुपैयाँ लागतमा निर्मित ७५ मिटर लम्बाइको पुलले नीलकण्ठ नगरका २ र १२ नम्बर वडालाई जोडेको छ ।

उक्त पुल मिस वर्ल्डको आगामी संस्करणअन्तर्गत ब्यूटी विथ पर्पस प्रोजेक्टका लागि बनाइएको हो । उक्त पुलबाट धादिङका फिरिंगे, सोह्रघरे र आशबारा गाउँका बासिन्दा लाभान्वित हुनेछन् ।

‘४ महिनाको प्रयासपछि पुल निर्माण भएको छ’ मिस नेपाल श्रेष्ठले भनिन्, ‘यो प्रोजेक्टले अब हामीलाई मिस वर्ल्डको लागि अझै लक्षित भएर अघि बढ्न सजिलो भएको छ ।’

आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा मिस वर्ल्ड आयोजना हुँदैछ र नम्रताले नेपालको तर्फबाट भाग लिँदैछिन् । विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्यूटी विथ पर्पसमा नेपाल दाबेदारको रुपमा रहँदै आएको छ ।

About The Author

अन्य समाचारहरु: