Sat. Jul 27th, 2024

कांग्रेस धादिङको सभापतिमा ढुंगानाको उम्मेदवारी घोषणा, अधिकारीको पनि तीव्र तयारी

धादिङ– नेपाली कांग्रेस धादिङको सभापतिमा भिम प्रसाद ढुंगानाले उम्मेदवारी दिने भएका छन् ।

आशन्न १४औं जिल्ला अधिवेशनमा लागि सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् । शुक्रबार खनियाबासमा आयोजित दामन पाख्रिनको २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ढुंगानाले आफु जिल्ला सभापतिमा उम्मेदवारी दिने बताए ।

कांग्रेसको केन्द्रमा देखिएको गुटको प्रभाव धादिङमा प्रत्यक्ष देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा छन् ।

पूर्ब कानून मन्त्री पाख्रिन र नेता तिलक रूवालीकाे साथ ढुंगानालाई छ ।

पुर्व जिल्ला सभापति अधिकारी पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमलाको दरिलो साथ छ । अधिकारीको पक्षमा जिल्ला सभापति धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, जिल्ला उपसभापति भक्त लामा, जिल्ला सचिव विनोद तिमल्सिना खुलेरै लागेका छन् ।

पौडेल पक्षका अधिकारी ब्याक भएको खण्डमा हालका जिल्ला सभापति धमला, जिल्ला उपसभापति लामा र महासमिति सदस्य तिमल्सिना जिल्ला सभापतिको आकांक्षी भएको बुझिएको छ । देउवा पक्षका ढुंगाना ब्याक हुँदा पूर्वमन्त्री पाख्रिन आउने सम्भावना छ ।

१३ औं जिल्ला अधिवेशनमा रमेश धमला र भिम प्रसाद ढुंगानाबीच प्रतिपर्धा हुँदा झिनो मतले धमला विजय भएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: