Sat. Jul 27th, 2024

पृथ्वीराजमार्गमा बिहानैदेखि बन्दको प्रभाव: अवरोध भने कतै छैन

धादिङ– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा आज विहानैदेखि परेको छ ।

देशको ६८ जिल्ला आवतजावत हुने पृथ्वीराजमार्गमा पनि बन्दको प्रभाव परेको छ । छिटफुट नीजि सवारी बाहेक राजमार्ग सुनसान नै बनेको छ । धादिङबेसी मलेखु सडकमा पनि सार्वजनिक सवारी चलेका छैनन् ।

इन्धनमा गरिएको लगातार मूल्यबृद्धिको विरोधमा चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । सडकमा बन्दकर्ता भने कतै देखिएका छैनन् ।

रात्री सेवाका सवारीहरु पनि कतै रोकिएका छैनन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा कुनै अवरोध पनि नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीलगायतका बजार क्षेत्रहरु सुनसान देखिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: