Sat. Jul 27th, 2024

कांग्रेस धादिङको अधिवेशन: सभापतिमा प्यानलसहित रामनाथको उम्मेदवारी

धादिङ– नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनमा सभापतिका लागि रामनाथ अधिकारीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अधिकारी केन्द्रीय नेता रामचन्द्र पौडेल समुहका हुन् ।

प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ मा कुमारबहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमलाले उम्मेदवारी दिने भएका छन् ।

प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ (क) मा राजकुमार कुँवर, १ (ख) मा बिष्णुप्रसाद रुपाखेती उम्मेदवार छन् भने क्षेत्र न. २ (क) मा होमबहादुर गुरुङ र क्षेत्र न. २ (ख) मा हरि तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङका वर्तमान जिल्ला सभापति रमेश धमला, नेताहरू हरि अधिकारी, वासु तिमल्सिना, विश्व अर्याल, फणिकान्त छत्कुली, भक्त लामा विनोद तिमल्सिना, यमनाथ दनै, नारायण कुमार श्रेष्ठ  अम्बिका अधिकारी, कल्पना अधिकारी वर्तमान  क्षेत्रीय सभापतिहरू कृष्ण रिजाल, योगबहादुर तामाङ, लगायत विभिन्न गाउँपालिका सभापतिहरू वडा सभापतिहरू सहभागी थिए ।

पुर्व जिल्ला सभापति अधिकारीको पक्षमा हालका जिल्ला सभापति धमलासहित महासमिति सदस्य तिमल्सिना, जिल्ला उपसभापति लामा, जिल्ला सचिव तिमल्सिना यसअघिदेखि नै खुलेरै लागिरहेका छन् ।

जिल्ला सभापतिका लागि शेरबहादुर देउवा समुहबाट भिम प्रसाद ढुंगानाले पनि यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: