Sat. Jul 27th, 2024

बागमति प्रदेशसहित आज केहि ठाउँमा हल्ला वर्षाको सम्भावना

काठमाडौ –

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा हल्का वर्षा र केही ठाउँमा हिमपातको सम्भावना रहेको छ।

मौसमविद समीर श्रेष्ठका अनुसार सोमबार प्रदेश १ को पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार बिहान देशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद श्रेष्ठले जानकारी दिए।

About The Author

Loading...

अन्य समाचारहरु: