Sat. Jul 27th, 2024

नागढुंगा सुरुङमा दुई सय नेपाली इन्जिनियरलाई तालिम

धादिङ –

सडकसम्बद्ध नेपाली इन्जिनियरहरुले पहिलो पटक नेपालमै बनिरहेको सुुरुङमार्गमा तालिम लिने मौका पाएका छन् । सडक विभागले पहिलो चरणमा १५ जना इन्जिनियरलाई नागढुंगामा जापानी सहयोगमा बनिरहेको सुरुङमार्गमा लगेर तालिम गराएको हो ।

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा। विजय जैसीका अनुसार विदेशी परामर्शदाता र ठेकदारबाट सिप, ज्ञान, दक्षता प्राप्त गर्ने गरी विभागका इन्जिनियरहरुलाई तालिम दिन शुरु गरिएको हो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञहरुबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रुपमा २

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञहरुबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रुपमा २

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञहरुबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रुपमा २.६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङमार्गमा लगेर तालिम दिने काम शुरु भएको हो ।

६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङमार्गमा लगेर तालिम दिने काम शुरु भएको हो ।

६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङमार्गमा लगेर तालिम दिने काम शुरु भएको हो ।

‘विभागका करिब ५ सय मध्ये २ सय जना इन्जिनियरलाई हामी यस किसिमको तालिम दिन्छौं,’ उनले भने,’यसमा हामीलाई सुरुङमार्गको ठेकदार कम्पनी हाजमाले पनि सहयोग गरेको छ । ‘ प्रत्येक महिनामा यस्ता तालिम गर्दै नेपाली इन्जिनियरको दक्षता वृद्धि गर्ने उनले बताए ।

यस्तो तालिमपछि नेपाली इन्जिनियरहरुलाई आत्मविश्वास बढ्ने र अध्ययनमा रहेका साना सुरुङमार्ग निर्माणका समयमा सुपरभिजन गर्नसक्ने क्षमता विकास हुने विभागको अपेक्षा छ ।

विभागले सुरुङमार्गको डिजाइनबारे पनि केही दर्जन इन्जिनियरलाई छुट्टै तालिम दिने तयारी गरिरहेको छ । यस्ता तालिमबाट सुरुङ प्रविधिबारे मध्यमस्तरको ज्ञान प्राप्त हुने भएकाले नेपालमै दक्ष सुरुङ इन्जिनियरहरुको उत्पादनमा टेवा पुग्ने विभागको विश्वास छ ।

नेपालमा सडक मार्गलाई छोट्याउन नेपालमा १०५ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाएको इतिहास छ । अमलेखगञ्ज–हेटौंडा सडकखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो सुरुङमार्गको भग्नावशेषलाई अहिले बागमती प्रदेश सरकारले जीर्णोद्धार गरिरहेको छ ।

सुरुङ प्रविधिमा प्रवेश गरेको सय वर्षपछि मात्रै नेपालले सडक पूर्वाधारमा यसको प्रयोग बढाउने नीति बनाएको छ । तर, यसका दक्ष प्राविधिक भने नेपालमा सीमित मात्रै छन् ।

अब सुरुङहरु बनाउँदै त्यसबाट सिक्दै दक्षता पनि बढाउँदै र विदेशी प्रविधि पनि आत्मसात गर्ने योजना विभागको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: