Sun. Apr 21st, 2024

काँग्रेस धादिङको अधिवेशन: क्षेत्र नं. २ को मतदान जारी

धादिङ- नेपाली काँग्रेस धादिङको प्रतिनिधिसभा क्षेत्र नं. २ र प्रदेशसभाको अधिवेशनको मतदान भइरहेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ दुबैको मतदान सदरमुकाम धादिङबेसीमा जारी छ ।

धादिङमा देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा उत्रिएका छन् । रामनाथ अधिकारीले पौडेल समूहको र भीमप्रसाद ढुंगानाले देउवा समूहको नेतृत्व गरिरहेका छन् । कार्यकर्ता र मतदाताहरुले आ–आफ्ना प्यानलका उम्मेदवारहरुलाई मत माग्दै प्रचार पनि गरिरहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को सभापतिमा रामनाथ प्यानलबाट राकेश धमला र भीमप्रसाद प्यानलबाट दिपक कोइराला उम्मेदवार छन् ।

प्रदेशसभा २(क) मा रामनाथ प्यानलबाट होमबहादुर गुरुङ र भीमप्रसाद प्यानलबाट ऋषिकुमार श्रेष्ठ उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा २(ख) मा रामनाथ प्यानलबाट हरि तामाङ र भीमप्रसाद प्यानलबाट रणबहादुर तामाङ उम्मेदवार छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: