Sat. Jul 27th, 2024

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

काठमाडौं : प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् ।

यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।

३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत हो । साथै यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।

विश्वभरका १८० पत्रकारहरुको मतदान गर्ने यो अवार्ड, २००८ देखि लगातार सम्म कि त मेस्सीले पाए कि क्रिष्टियानो रोनाल्डोले । २०१८ मा लुका मोडरिकले त्यो क्रमलाई भंग गरे । २०१९ मा मेस्सीले पाए भने २०२० मा कोरोना महामारीका कारण हुन सकेन । यो वर्ष फेरि मेस्सीले जितेका छन् ।

उननले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भनेका छन्, दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको थियो । मानिसहरुले पनि कहिले सन्यास लिने भनेर सोध्न थालेका थिए । तर मे पेरिसमा छु र खुसी छु ।’

About The Author

Loading...

अन्य समाचारहरु: