
काठमाडौ –
गायक तथा संगीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ। अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार संगीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो।
अमेरिकाको टेक्सासमा स्थापित हेम(सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो।
यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ घोषणा भइसकेका छन्।